लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई कोरोना भाइरस संक्रमणको प्रकोप कम-अनुसन्धान

tillotmacitynews - 2020 Jun 01 10:57 PM
IMG

वासिङ्टन , जेठ १९ गते।

उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । सो अध्ययनकाअनुसार समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण तल्लो तहका मानिसको तुलनामा कम हुने पाइएको हो ।


अमेरिकी पत्रिका वासिङ्टन पोष्टले सो अध्ययनको समाचार दिएको छ । उक्त समाचारअनुसार यस अध्ययनमा अष्ट्रेलिया, बोलिभिया, क्यानाडा र स्वीट्जरल्याण्डका अनुसन्धानदाताहरुले अनुसन्धान गरेका हुन् ।


उनीहरुले बोलिभिया, इक्वेडर र तिब्बतको अध्ययन गरेका थिए । सो अनुसन्धानबाट समुद्री सतहबाट कम उचाइमा रहेका देशको तुलनामा चीनको तिब्बतका मानिसमा कोरोनाको प्रकोप कम रहेको पाइएको हो ।


तिब्बत उच्च हिमाली क्षेत्रमा पर्दछ । अन्यत्रको तुलनामा तिब्बतका नागरिकमा संक्रमणको दरमा तीन गुणाले कमी पाइएको छ ।

उनीहरुले मार्च २३ देखि अप्रिल ३ सम्मका समुद्री सतहबाट कम उचाइमा रहेका सहरहरु र तिब्बत तथा यस्तै उच्च पहाडी इलाकाका सहरका ४ लाख २० हजार स्थानीय नागरिकसँगको अन्तरवार्ताबाट यो तथ्य पत्ता लगाएका हुन् ।

कमेन्ट गर्नुहोस्