लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा

tillotmacitynews - 2020 Jun 01 10:41 PM
IMG

गृह मन्त्रालयले ४४ जना सहसचिव तथा उपसचिवको सरुवा र पदस्थापन गरेको छ । पदस्थापनमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा भएको छ । 


सुर्खेतका सिडिओ रमेश न्यौपानेको पाल्पा, पाल्पाका यादव सुवेदीको गृह मन्त्रालयमा सरुवा भएको छ । महोत्तरीमा कृष्ण बहादुर कटवाललाई पठाइएको छ ।  


गृहका हिरालाल रेग्मीलाई सुर्खेत, चन्द्र गैरेलाई कालिकोट, भीम भट्टराईलाई डोटी, बर्दियामा लिलाधर अधिकारी, दार्चुलामा शरद पोखरेल, ओखलढुगामा कृष्ण पौडेल, संखुवासभामा जीवन आचार्य, रोल्पामा नरेन्द्र राना, हुम्लामा चिरञ्जिवी गिरी, बझाङमा कमलराज भण्डारीको सरुवा भएको छ ।


कमेन्ट गर्नुहोस्