लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जेठ ५ सम्म थप लकडाउन

tillotmacitynews - 2020 May 07 01:20 AM
IMG

काठमाडौं । सरकारले कोरोना त्रासका कारण लकडाउन जेठ ५ गतेसम्म लम्ब्याएको छ ।


बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले खुलानेपाललाई जानकारी दिए ।


चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ । लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।


वैशाख २५ गतेसम्म कायम गरिएको लकडाउन बढाउँदै जेठ ५ गतेसम्म पुर्‍याएको हो ।


सरकारले पहिलो पटक चैत ११–१८ गतेसम्म लकडाउन घोषणा गरेको थियो ।

कमेन्ट गर्नुहोस्