
काठमाडौं । मध्यरातमा पार्टी एकताको सहमती गरेका राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् ।
दुई पार्टी एकतापछिको ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको हो । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा दर्ता नम्बर १३८८ मा उक्त दल दर्ता भएको हो ।
दुवै दलका अध्यक्षसहित नेताहरुको टोली पुगेर कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका हुन् । राजपा र समाजवादी पार्टीबीच बुधबार अबेर पार्टी एकीकरणको सहमति भएको थियो । अब एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टै हुनेछ ।
त्यस्तै झण्डा मसाल अंकित यसअघीको समाजवादीको हुनेछ भने चुनाव चिह्न राजपाको छाता हुनेछ । दर्ताका लागि आयोगमा बुझाइएको निवेदनमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारी र समाजवादीका तर्फबाट उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।
कमेन्ट गर्नुहोस्