लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

२ वर्षपछि अन्तर्राष्ट्रिय सीमा खोल्यो अष्ट्रेलियाले

IMG

२०७८ फागुन ९ ,तिलोत्तमा सिटी ।    अष्ट्रेलियाले झण्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय सीमा खुला गरेको छ । पूर्ण कोभिड खोप लगाएका अन्तर्राष्ट्रिय यात्रु अष्ट्रेलिया प्रवेश गर्न पाउने भएका छन् । सीमा खुला भएसँगै अष्ट्रेलियाको एक राज्यबाहेक सबै राज्यमा अबदेखि अन्तर्राष्ट्रिय यात्रु प्रवेश गर्न पाउने छन् ।अष्ट्रेलियाले कोभिड-१९ का कारण २०२० को मार्चदेखि अन्तर्राष्ट्रिय यात्रामाथि विश्वकै कडा प्रतिबन्ध लगाएको थियो । तर सीमा पुन: खुल्ने भएपछि पारिवारिक पुनर्मिलन हुने र पर्यटनलाई बल पुग्ने बीबीसीले जनाएको छ ।


 पश्चिमी अष्ट्रेलियामा भने ३ मार्चपछि मात्रै प्रवेश गर्न पाउने र प्रवेश गर्नेले कोभिड खोपको तेस्रो मात्रा लगाएको हुनुपर्ने छ ।पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुले क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ । तर खोप नलगाएका यात्रुले भने आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा क्वारेन्टाइनमा बस्नु पर्ने सरकारले प्रस्ट पारेको छ ।




कमेन्ट गर्नुहोस्