लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रूपन्देहीमा माधव पक्षको समानान्तर कमिटी गठन, अध्यक्षमा राजु गुरुङ

IMG

तिलोत्तमा २०७७ चैत्र ३१। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले रुपन्देहीमा पनि समानान्तर कमिटी विस्तार गरेको छ। मंगलबार नेपाल पक्षले राजु गुरुङकाे अध्यक्षतामा रुपन्देहीमा कमिटी घाेषणा गरेकाे हो।नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालकाे उपस्थितिमा नेपाल पक्षले जिल्ला कमिटी घाेषणाा गरेको हो।नेपाल पक्षीय जिल्ला कमिटीको उपाध्यक्षमा पुरूषाेत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चाैधरी र उपसचिवमा सिद्विचरण भट्टराईलाई जिम्मेवारी ताेकिएकाे छ।


२०५ सदस्यीय समानान्तर कमिटी निर्माण गरिएको छ।जिल्ला कमिटीको विस्तारित बैठकबाट एमाले रुपन्देही कमिटीको पुनर्गठन गरिएकाे अध्यक्ष गुरूङको भनाइ छ।क्षेत्रीय कमिटी, पालिकास्तरीय ईन्चार्ज र जनवर्गीय संगठनमा संयाेजकसमेत ताेकिएकाे जिल्ला सदस्य खेम लुइटेलले जानकारी दिए। देशैभर एमालेमा विवाद चुलिँदै गएपछि नेपाल पक्षले समानान्तर कमिटी घाेषणालाई तीव्रता दिएको छ। यसअघि नेपाल पक्षले लुम्बिनी प्रदेशका अर्घाखाँची, नवलपरासी र बाँकेमा समानान्तर कमिटी पुनर्गठन गरिसकेकाे छ।

कमेन्ट गर्नुहोस्