लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फरक छ कोरोना संक्रमण नेपालको : डा.पाण्डे

tillotmacitynews - 2020 May 01 04:15 AM
IMG

संसार कोरोना संक्रमणको चपेटामा परेको ४ महिना पूरा भएको छ । चीनमा कोरोनाको संक्रमण फैलिएपछि नेपाल आउने चिनियाँ पर्यटकहरुको आवतजावत बाक्लो नै थियो । त्यस्तै युरोप, अरबियन देश तथा भारतबाट आउने संख्या पनि कम थिएन ।


गत जनवरीमा नेपालबाट आफ्नो देश गएका स्पेनका नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो भने नेपालबाट अस्ट्रेलिया गएका नेपाली बिद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।


यसबाट के अनुमान गर्न सकिन्छ भने नेपालमा डिसेम्बरको अन्त्य, जनवरी र फेब्रुवरीमा कोरोना संक्रमण फैलिएको हुनसक्छ । त्यो समयमा अधिकांश नेपालीलाई असाध्यै कडा रुघाखोकी, ज्वरो लगायतको समस्या फैलिएको थियो । हामीले मौसमी रुघाखोकीको रुपमा बुझेको त्यो बेलाको रुघाखोकी निको हुन धेरै दिन लाग्ने प्रकृतिको थियो ।


अन्य बर्षभन्दा त्यो बेलाको रुघाखोकीमा सास फेर्न गाह्रो हुने, वान्ता तथा पखाला लाग्ने प्रकृतिको थियो । तसर्थ नेपालमा कोरोना संक्रमण एक चरणमा फैलिएर लकडाउनको कारण नियन्त्रणमा आएको अनुमान गर्न सकिन्छ । यसबाट अधिकांश नेपाली इम्युन भएको हुनसक्छ । यो अनुसन्धानको पक्ष हो । नेपालमा र्यापिड टेस्ट गर्दा हजारौं जनामा पोजिटिभ देखिने तर पिसिआर टेस्टमा नेगेटिभ देखिनुको कारण रोग निको भएर एन्टीबोडी देखिएको पनि हुनसक्छ ।


कोरोना संक्रमण एकपटक निको भएपछि ५र१० प्रतिशत जनसंख्यामा पनः देखिन सक्छ । तर त्यो घातक हुँदैन । निको भएपछि पुनः संक्रमण हुने केसमा एकै परिवारका १र२ जनालाई लाग्न सक्छ तर अरुलाई नलाग्न पनि सक्छ । हामीकहाँ यो खालको कोरोना संक्रमण देखिएको छ ।

कमेन्ट गर्नुहोस्